२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो बुझाइयो भन्सारमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष २१ गते १६:४२
Shares
बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो बुझाइयो भन्सारमा

रौतहटः बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो भन्सारमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गस्तीमा खटिएको टोलीले दुर्गा भगवती गाउँपालिक वडा नम्बर ३ मत्सरीको सडकमा बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो भन्सारमा बुझाएको हो ।

ncell

भारतीय न ०१ पि ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको ३० लाख बराबरका स्कार्पियो चोरीपैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टोलीले खोजतलास गर्दै जाँदा फेला पारेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले बताए ।

गुप्ताका अनुसार पटक–पटक सूचना जारी गर्दापनि ५ महिनाको अवधिमा स्कार्पियोको हक दाबी गर्न काेही पनि प्रहरीको सम्पर्कमा नआउँदा भन्सारमा बुझाइएको हाे । 

ताजा खबर

सम्बन्धित खबर