२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मानव बेचबिखनको आरोपमा महर्जन पक्राउ

ADV
मध्यान्ह
२०८१ असार ११ गते ०८:००
मानव बेचबिखनको आरोपमा महर्जन पक्राउ

काठमाडौं : वैदेशिक रोजगार अन्तर्गत कम्पनीमा काम लगाइदिन्छु भन्दै भिजिट भिसामा युएइ पुर्‍याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर ८ बाट गत शुक्रबार पक्राउ परेका ४२ वर्षीय मनोज महर्जनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारप्रसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरेर थुनामा राखेको छ । उनले दुबइमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा काम लगाइदिन्छु भन्दै बेचेको जाहेरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । 

महर्जन वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी गत चैत महिनामा मात्र कारागारबाट छुटेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise