काठमाडौं : नेपाल एसबिआई बैंकले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि विद्यालय झोला तथा शैक्षिक सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे ले सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा, बैंक तथा विद्यालय व्यवस्थापन समितिका अन्य उच्च पदाधिकारी, शिक्षकहरू लगायतको उपस्थिति थियो ।