२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

हरित जलवायु कोषमा जोडियो एनआइएमबी

ADV
मध्यान्ह
२०८१ पुष २५ गते २३:०२
हरित जलवायु कोषमा जोडियो एनआइएमबी

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भएको हो । मान्यता प्राप्त गरेसँगै कम्पनी ५० मिलियनदेखि २५० मिलियन डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम भएको जनाइएको छ ।

बैंकले पाँच करोडदेखि २५ करोडसम्मका आयोजनाहरू कार्यान्वयन गर्ने संस्थाहरूको मूल्यांकन र प्रमाणीकरण गर्न पाउने भएको हो । हरित जलवायु कोष सन् २०१० मा ऐतिहासिक प्यारिस सम्झौता अन्तर्गत एक सय ९४ मुलुक सदस्य रहने गरी बनाएको कोष हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हाल मुलुकभर रहेका दुई सय ७२ शाखा, ८१ शाखा रहित सेवा, दुई सय ६६ एटिएम र ६५ एक्सटेन्सन काउन्टरमार्फत् ३२ लाखभन्दा बढीलाई बैंकिङ सेवा दिइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise