२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : उपप्रधानमन्त्री पौडेल

Nada
२०८१ पुष २६ गते १४:१३
Shares
पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : उपप्रधानमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । 

ncell

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रका लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए । 

उनले भने, ‘जतिबेला हामी सरकारमा छौं, हुन्छौं त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरुलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरु भएका छन् । पर्यटन व्यवसाका सन्दर्भमा एउटा महत्वपूर्ण प्रयोग भइरहेको छ । यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो । त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि केही राम्रा कदमहरु चाल्ने छौं । नीति, बजेटको बारेमा कदम चाल्ने छौ र तुरुन्तै गर्न सकिने काम गर्नेछौं ।’

उनले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नका लागि अब सरकारले पर्यटन व्यवसायीहरुको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिनसक्ने क्षेत्रको रुपमा विकासका पहल गर्ने बताए ।  

ताजा खबर

सम्बन्धित खबर