२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

स्थानीय जनतालाई सुरक्षित भएको महसुस गराउन डीआइजी कार्कीको निर्देशन

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ पुष २६ गते २१:१६
स्थानीय जनतालाई सुरक्षित भएको महसुस गराउन डीआइजी कार्कीको निर्देशन

अर्घाखाँची : लुम्बिनी  प्रदेश प्रहरी प्रमुख (डीआइजी) दानबहादुर कार्कीले कानूनको विवेक प्रयोग गरी उत्कृष्ट कार्य सम्पादन गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी कर्मचारीलाई  निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रुपमा कमान्ड सम्हालेपछि जिल्लाहरुको  शान्ति, सुरक्षाको अवस्था  बुझ्न अर्घाखाँची गुल्मी पुगेका कार्कीले प्रहरी जनशक्तिको व्यवस्थापन र आगामी दिनमा आइपर्ने सुरक्षा चुनौतीको पहिचान गरी शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुस्त बनाउने विषयमा जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट  गरेका थिए ।

छलफलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मातहतका ईलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर मल्ल लगायतका सुरक्षा अधिकारीको सहभागिता थियो । 

डीआइजी  कार्कीले प्रहरीले शान्ति सुरक्षा दिँदा  व्यवसायिकतालाई अझै सुदृद्ध बनाइ प्रहरी कर्मचारीबीच समन्वय गरेर काम गर्न आवश्यक रहेकाले सोही अनुसार जनताले महसुस गर्ने गरी जनताले सुरक्षित भएको महसुस दिनेगरी काम गर्न आग्रह गरेका थिए ।

कार्कीले भने, ‘लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागुऔषध न्यूनीकरण, साइबर अपराध, सडक सुरक्षा जस्ता विषयमा नागरिकहरुको सकारात्मक धारणाको विकास गराउन सचेतना कार्यक्रम गर्नुपर्छ ।’

त्यसका लागि स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न उनले निर्देशन दिए । समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति देखिने गरी ग्रामीण र सहरी गस्तीलाई बढाउन निर्देशन दिएको र जिल्ला प्रहरी कार्यालयको सबै फाँटहरु, ब्यारेक, मेस, थुनुवा कक्ष निरीक्षण गरेको अर्घाखाँचीका प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए । 

डीआइजी कार्कीले पहाडी जिल्लाहरुमा यातायातको पहुँच कम हुने भएकोले अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न समय–समयमा लामो तथा छोटो गस्ती निकाली स्थानीय मानिसहरुसँग समन्वय गरी दुरदराजमा भएका गतिविधि बुझी आम नागरिकहरुको सुरक्षार्थमा खटिन प्रहरीलाई निर्देशन दिए ।

डिआइजी कार्कीले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरंश पालना गरी प्रहरी आचारण र व्यवहारमा सुधार ल्याइ सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्यूनीकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रण गर्नको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी आमनागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिएका थिए  ।

कार्कीलाई अर्घाखाँची जिल्लाको शान्ति सुरक्षामा प्रहरीले गरिरहेको काम कारवाही, फरार प्रतिवादी पक्राउ लगायत प्रहरी कर्मचारीले भोग्नु परेका समस्याहरु, प्रहरी चौकी ईलाका प्रहरी कार्यालय भवनको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise