२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ पुष २७ गते २०:३५
निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित

अर्घाखाँची : लाइन्स क्लव अफ अर्घाखाँचीले भूमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  

शनिबार चदिचौर माध्यमिक विद्यालय प्राङ्गणमा गरिएको १ दिने शिविरमा बिरामीहरुको उत्साहजनक सहभागीता रहेको थियोे । शिविरबाट ८ सय सर्वसाधारण लाभान्वित भएको स्थानीय टानबहादुर खत्रीले जानकारी दिए ।

नगरपालिकाको नजिक रहेको चिदिचौर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी  ग्यास्ट्रो  सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरको भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले उद्घाटन गरेका थिए । लाइन्स क्लव अर्घाखाँचीले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा नगरपालिकाका प्रमुख थापाले खुलेर  प्रसंशा गरे ।

शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाइ जस्ता समस्याहरु पाइएको वरिष्ठ डाक्टर मोहन भुसालले जानकारी दिए ।

आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहित बुटवल ग्यास्ट्रो सेन्टरको वरिष्ठ चिकित्सकले चेकजाँच गर्ने गरी स्वास्थ्य शिविर आएको थाहा पाएपछि भूमिकास्थान नगरपालिकाका  अधिकांश वडाका  गाउँहरुबाट बिरामीहरु स्वास्थ्य जाँचका लागि चिदिचौर पुगेका थिए । बुटवल ग्यास्ट्रो सेन्टर अस्पतालका कार्यकारी निर्देशक डा.भुसालले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले समुदायमा केन्द्रित स्वास्थ्य शिविर सञ्चालन गरेको र अहिले सोही सलसिलामा लाइन्स क्लव अर्घाखाँचीसँग सहकार्य गरी शिविर सञ्चालन गरिएको बताए । 

ADV

सम्बन्धित खबर

Advertise