२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

‘विश्वासिलो पत्रकारिता अहिलेको आवश्यकता’

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ पुष २८ गते २०:२९
‘विश्वासिलो पत्रकारिता अहिलेको आवश्यकता’

अर्घाखाँची : सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाले पत्रकार  मुलुक र राष्ट्रको सच्चा पहरेदार भएको बताएका छन् ।  सन्धिखर्कमा पत्रकारहरुसँग भएको भेटघाट छलफल कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन नेपालको पत्रकारिता क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताए ।

गृह जिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकोले विश्वासिलो पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

प्रदेश प्रमुख मियाले नीति, नेतृत्व र समग्र राज्य व्यवस्थालाई सही मार्गमा डोहोर्‍याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्दै समग्र देशको विकास प्रदेश जिल्लाको विकास, सुशासन कायम गर्नका लागि सहि सत्यतथ्यमा रहेर कलम चलाउन पत्रकारलाई अनुरोध गरे । 

मियाले लोकतन्त्र र संघीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउन सुझाव दिए । लोकतन्त्रको विकल्प खोज्ने नभइ यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण  बिश्वासिलो थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘अहिले कुनै पार्टीमा छैनौं, तर कांग्रेस–एमाले सरकारले मुलुकलाई स्थायित्व दिएकोले यो सरकार अर्को चुनावसम्म निरन्तर जानेमा शंका गर्ने ठाउँ छैन ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise