२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

अपराध नियन्त्रणमा सफल भएको अर्घाखाँची प्रहरीको दाबी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ माघ १ गते २०:३१
अपराध नियन्त्रणमा सफल भएको अर्घाखाँची प्रहरीको दाबी

अर्घाखाँची : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराध नियन्त्रणमा सफल भएको दाबी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायब उपरीक्षक चक्रबहादुर  मल्लले अर्घाखाँचीका  नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउने आफ्नो पहिलो प्राथमिकता भएकोले सोही अनुसार काम गरिरहेको बताए । 

उनले  जनताको गुनासो सुन्न र शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रहरीले गरिरहेका नियमित कामहरु कस्ता छन् ? भन्ने जनताको राय सुझाव लिन प्रहरीले जनतासँग नागरिक सुनुवाइ कार्यक्रम सुरु गरिएको बताए । उनले जनता र प्रहरीको समन्वयमा जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्दै गएको बताए । 

मल्लले भने, ‘कहिकतै हामिबाट कमी÷कमजोरी भए जनताबाट सुझावको अपेक्षा गर्छौं । जनताको सकारात्मक सहयोगको प्रहरीले अपेक्षा गरेको छ ।’  अर्घाखाँचीमा हुने विभिन्न प्रकारका जुवातास, लागुऔषध, चोरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न प्रहरीले प्रयास गरिरहेकाले नागरिकले सहयोग गरेमा समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने उनले बताए । 

प्रहरी नायब उपरीक्षक मल्लले जनतासँग राम्रो सम्बन्ध राख्न प्रहरीमैत्री भएर काम गर्ने संकल्प व्यक्त गरे ।

उनले जिल्ला प्रहरी प्रमुखको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने,प्रत्येक प्रहरी  युनिटहरुमा  आर्थिक पारदर्शीता कायम गराउने, मानव अधिकारको पूर्ण पालना गर्ने, गराउने विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्च बनाउने, सीमासँग जोडिएर हुने गरेका तस्करी र अन्य अपराधका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण काम प्रहरीले गरिरहेको दावी गरे ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गरेको पुस १ गतेदेखि माघ १ गते सम्मको प्रगतिका बारेमा जानकारी दिएका थिए । मल्लका अनुसार पुस महिनामा फरार प्रतिवादी ६ जना पक्राउ गरी कारागार चलान गरिएको छ भने राप्ती गाउँपालिका वडा नम्बर १ दाङ घर भएका वर्ष ४६ का वीरबहादुर खत्रीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । यस्तै छत्रदेव गाउँपालिका वडा नम्बर ४ मथुराका ज्यान सम्बन्धी कसुरमा फरार रहेका वर्ष ४७ का केशव खनाल पनि पुस महिनामा पक्राउ परेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार लागुऔषधमा ४ जना पक्राउ परेका छन् भने जिल्ला प्रहरी कार्यालयमा मुद्दाको संख्या घटेको छ । अहिले प्रहरी कार्यालयमा १ महिनामा ८ वटा मुद्दा दर्ता भएकोमा २ मुद्दा किनारा लागेका छन् भने फैसला हुन बाँकी ६ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद पौडेलले बताए ।

उनका अनुसार पुस महिनाभर आत्महत्याका घटना २ वटा भएका छन् भने अवैध भैँसी, बाख्रा तस्करी गर्नेहरुबाट १ लाख ६७ हजार जरिवाना असुल गरिएको छ । यस्तै १३० मिलि ग्राम ब्राउन्ड सुगरसहित प्रहरीले पुस महिनामा ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुस महिनामा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा कारबाही  स्वरुप ३ लाख १४ हजार राजश्व उठाउन सफल भएको छ भने पुस महिनामा प्रहरीले गरेको सचेतनामुलक कार्यक्रमबाट ४५ सय जना लाभान्वित भएका छन् । 

पुस महिनामा दुई ठाउँमा आगलागी हुँदा करिव २ लाखको क्षति भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise