२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

सुत्केरीलाई भाले, वृद्धलाई लौरो उपहार

ADV
सुर्य प्रसाद भुसाल
२०८१ माघ १ गते २०:५५
सुत्केरीलाई भाले, वृद्धलाई लौरो उपहार

गोरुसिंगे : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको रहवाताल सामुदायिक वनका गर्भवती  सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेपछि स्थानीय उपभोक्तानै चकित पर्न थालेका छन् । ‘सुत्केरीसँग सामुदायिक  कार्यक्रम’मार्फत भाले उपहार दिन थालेकाले त्यहाँका उपभोक्ताहरु दंग छन् ।

सामुदायिक वनका अध्यक्ष यज्ञबहादुर बेल्वासेले भने, ‘शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनुपर्छ भन्ने सन्देश दिन र सामुदायिक वनप्रति सधैं उपभोक्ता  जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिनका लागि समुदायमा विभिन्न खालका सामानहरु वितरण गर्ने गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कुखुराको भाले हर्लेक्स ब्लाङ्केट, ज्याकेट उपहार दिएका छौं ।’

उनले थपे, ‘गर्भ र सुत्केरी परीक्षण गराइ बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जाँदा सामुदायिक वनका अध्यक्ष पदाधिकारीले  अब वर्षमा १ पटक भाले लिएर घरमै जाने योजना बनाएका छौं ।’

उनका अनुसार घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन स्थानीय सरकाले मात्रै होइन् सामुदायिक वनले पनि अभियान सुरु गरेका छन् भन्ने सन्देश दिनेगरी उपहारसहित विभिन्न सन्देशमूलक अभियान सामुदायिक वनले सञ्चालन गर्ने योजना अनुरुप सुरुवात गरिएको हो ।

तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेक पटक एक–एक क्रेट र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने सामुदायिक वनले योजना बनाएको छ । संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्चवापत दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप आठ सय उपलब्ध गराउने गरेको छ । अन्डा, हर्लेक्स  र भाले अब सामुदायिक वनको सिमित बजेटबाट उपलब्ध गराउन सुरु भएको छ । कपिलवस्तुको  रहतकोल सामुदायिक वन प्राङ्गणमा  आयोजना गरिएको अतिवृद्ध, अपांग, दृष्टिविहीन, सुत्केरी महिला, युवा क्लब र प्रहरीलाई सामग्री वितरण कार्यक्रममा २२ जना सुत्केरी महिलालाई कुखुराका लोकल  भाले र हर्लिक्स  वितरण गरिएको थियोे । सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँका ८० वर्षमाथिका ३० जना वृद्धवृद्धालाई पनि सम्मान गरी विभिन्न सामग्री वितरण गरिएको सामुदायिक वनका अध्यक्ष बेल्वासेले बताए ।

७ सय ४७ घरधुरी रहेको सो वनको काठ र दाउरा बिक्रीबाट आएको आम्दानीबाट ३० जना वद्ध, जेष्ठ नागरिकलाई हिँड्न सहज सहज होस् भन्दै एउटा लौरो, न्यानो फाइवर, सिरक वितरण गरिएको थियो । त्यस्तै २२ जना सुत्केरी महिलालाई लोकल कुखुराका भाले र हर्लिक्स वितरण गरिएको छ । ८ जना  समुहका उपभोक्ता अपांगलाई फाइबर सिरक र दुई युवा क्लबलाई खेल सामग्री वितरण गरिएको छ । जनजागृति युवा क्लब र डंगुरिया सांस्कृतिक युवा क्लबलाई  खेल खेल्नका लागि भन्दै दुईवटा फुटबल, ११ थान खेलका ड्रेस उपलब्ध गराएको थियो  । 

त्यस्तै प्रहरीका लागि १५ थान ज्याकेट उपलब्ध गराइएको रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेल्वासेले बताए । आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने समुहको योजना छ ।

ADVADV

सम्बन्धित खबर

Advertise