२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

कोशी प्रदेशमा प्राकृतिक विपद्का कारण १० अर्ब बढीको क्षति

shivam cement
जुनु भट्टराई
२०८१ माघ २ गते २१:२९
कोशी प्रदेशमा प्राकृतिक विपद्का कारण १० अर्ब बढीको क्षति

विराटनगर : कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले भवन ऐन कडाईका साथ लागुगर्ने बताएका छन् । कोशी प्रदेश सरकारले २०७६ मा भवन ऐन बनाएको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउँदै मन्त्री भण्डारीले प्रादेशिक कानुन कार्यान्वयनमा जोड दिने बताए । 

बुधबार कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको ‘२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भूकम्प सुरक्षाको लागि बलियो संरचना हुनु अत्यन्तै आवश्यक रहेको बताए ।  उनले अब बन्ने नयाँ भवनको नक्सा हुनु पहिले भवन आचार संहितामा पालना गरे÷नगरेको कडाईको साथ हेरिने बताए । 

मन्त्री भण्डारीले संरचना निर्माणमा मापदण्ड पूरा नगर्दा भूकम्पले ठूलो क्षति पु¥याएको भन्दै यस्ता प्रकोप न्यूनीकरणको लागि भवन आचार संहितामा पालनामा कडाई गरिने बताए । 

कतिपय गाउँपालिका दक्ष इन्जिनियर नभएका कारण पनि जथाभावी नक्सा पास गर्ने गरेको तथा भनसुनको आधारमा भवनको नक्सा पास गरेको पाइएकाले त्यस्तो प्रवृतिलाई रोक्न स्थानीय तहले नक्सा पास गर्नुभन्दा पहिला प्रदेशको स्टक्चर इन्जिनियरले स्वीकृति दिनुपर्ने नियम लागु गरेर लैजाने तयारी रहेको बताए । एक महिनाभित्रमा यो व्यवस्थालाई लागु गरेर लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।

भूकम्प विज्ञ रामकुमार दाहालद्वारा प्रस्तुत प्रतिवेदनका अनुसार १० वर्षमा विपद्का १२ हजार ३ सय ४२ वटा घटनामा १२ सय ५९ जनाको मृत्यु भएको छ भने १ सय ८२ जना बेपत्ता भएका छन् । १० वर्षमा २ हजार ४ सय १९ जना घाइते भएका छन् भने ४६ हजार १ सय ८५ घर पूर्ण रुपमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।  ७३ हजार ५ सय ५६ वटा घरमा आशिंक क्षति भएको छ । कोशी प्रदेशमा विगत १० वर्षयता विपद्का कारण १० अर्ब ३८ करोड ७० लाख ३२ हजार ३८ रुपैयाँ आर्थिक क्षति भएको छ ।

कोशी प्रदेशमा १० वर्षयता भूकम्पका ८६ वटा घटनामा ६२ जनाको मृत्यु भएको उल्लेख छ । ३ जना बेपत्ता र ३ सय ८९ जना घाइते भएका छन् । ३७ हजार ९ सय ६१ घरमा पूर्ण क्षति भएको र ६१ हजार २८ वटा घरमा आशिंक क्षति भएको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । करिब ६० लाखको आर्थिक क्षति भएको छ । पहिला कोशी प्रदेश केन्द्र विन्दु भएर भूकम्प जाने भएपनि पछिल्लो समयमा पश्चिमतिर केन्द्र विन्दु भएर बढी भूकम्प जान थालेको विज्ञ दाहालले बताए । उनका अनुसार कोशी प्रदेश पनि भूकम्पको उच्च जोखिममा रहेको छ । 

कार्यक्रममा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहले कोशी प्रदेशको भूकम्पीय सुरक्षाको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कोशी प्रदेशमा भूकम्प सुरक्षित भवनहरु एकदमै कम रहेको बताए । घर बनाउदा नक्सा पास गरेपनि भूकम्पीय सुरक्षालाई ध्यान नदिने गरेको बताउँदै उनले भवनहरु बनाउँदा यसमा बढी जनचेतना जगाउँनुपर्ने अवस्था रहेको बताए । भूकम्पका कारण भौतिक संरचना ढलेर किचेर ८० प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको समेत उनले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise