२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

चलचित्र विकास बोर्डको स्टोरी बैंकमा ७ कथानक र १० लघु चलचित्र छनोट

Nada
२०८१ माघ ४ गते १३:१०
Shares
चलचित्र विकास बोर्डको स्टोरी बैंकमा ७ कथानक र १० लघु चलचित्र छनोट

काठमाडौं : चलचित्र विकास बोर्डले कथा संग्रहालय (स्टोरी बैंक)को नतिजा सार्वजनिक गरेको छ । ७ कथानक र १० छोटा फिल्म कथा बैंकका लागि छनोट भएका छन् ।

ncell

यथार्थपरक, सिर्जनात्मक एवं मौलिक कथा, पटकथा, संवादको माध्यमबाट फिल्मलाई सबल, सशक्त, गुणस्तरीय बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र सम्वर्द्धन गर्न उत्कृष्ट स्क्रिप्टको छनोट गरी स्क्रिप्टका लेखकलाई प्रोत्साहन तथा चलचित्र निर्माणमा सहकार्य÷सहयोग गर्ने कार्यक्रम अनुसार फिल्म छनोट गरिएको बोर्डले जनाएको छ ।

कथानक चलचित्रतर्फ गणेश खत्रीको ‘झोलुंगे’, पुरु लम्सालको ‘घटवारे’, माधवराज खरेलको ‘मृत्युकोष’, दुर्गाबहादुर कार्कीको ‘मैलो म’, दिलबन्धु यादवको ‘सियाही’, तुलराज शाहीको ‘फूलमाया’, अनिल कुर्मीको ‘भोथा’ छनोट भएका छन् ।

लघु चलचित्रतर्फ उद्धव अविदितको ‘हराएको मान्छे’, श्यामबहादुर लिम्बुको ‘मानिस हराएको सूचना’, गोपाल आचार्यको ‘जन्मदिन’, किरण श्रेष्ठको ‘दोभान’, किशोरकुमार अधिकारीको ‘सारंगी गाउँको’, सरिता साहको ‘मनकी’, योगेन्द्रराज रानाको ‘लेडी इन ब्लु सारी’, विमल पौडेलको ‘टाटु’, राजन कठेतको ‘अक्सिजन’ र निराकारभक्त राईको ‘सुरिलो रुख’ छनोट भएका छन् ।

सम्बन्धित खबर