काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्सले न्यानो कम्बल वितरण गरेको छ । कम्पनीले न्यानो कम्बल वितरण गर्ने अभियान अन्तर्गत मधेस प्रदेशका ८ वटै जिल्लामा कम्बल वितरण गरेको हो । कार्यक्रमअन्तर्गत कम्पनीले सोमबार पर्साको पकाहमैनपुर गाउँपालिका–४ मा विभिन्न वर्गका ७० जनालाई न्यानो कम्बल वितरण गरेको छ ।
उक्त कार्यक्रममा वडा ४ का वडा अध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्तकुमार लामिछाने, शाखा प्रमुख सन्दीपसिंह ठकुरी, समाजसेवी अयोध्याप्रसाद चौहानको उपस्थिति थियो ।