काठमाडौं : अर्थ मन्त्रालयले कोरोना भाईरस (कोभिड –१९ ) कारण विश्व आर्थिक गतिविधिमा सुस्तता आएसंगै वैदेशिक रोजगारीका अवसरहरु गुम्दा नेपालको भुक्तानी सन्तुलनमा प्रभाव पार्ने बताएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेश गरेको चालु आर्थिक वर्ष ०७६÷०७७ को आर्थिक सर्वेक्षणमा कोरोना भाइरसका कारण गन्तव्य मुलुकमा कामदाहहरुको तलव लगायतका सुविधाहरु कटौतीहुने तथा वैदेशिक रोजगारी प्रतिको लगाव कम हुनसक्ने भएकोले आगामी दिनमा रेमिट्यान्स घट्ने बताएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरुको संख्या अघिल्लोवर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बृद्धि भएकोमा कोभिड १९ को संक्रमण शुरु भएपछि वैदेशिक रोजगारीको प्रकृया रोकिएको तथा पहिले श्रम स्वीकृति लिएका कतिपय नेपाली वैदेशिक रोजगारकिा जान नपाएकोले यस आर्थिक वर्ष वैदेशिक रोजगारीका जानेको संख्या उल्लेख्य रुपमा कम हुने औंल्याएको छ ।
अघिल्लो आर्थिकवर्ष बैदेशिक रोजगारीाबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स आएकोमा चालु आर्थिक वर्षको आठ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको जानकरी गराउँदै मन्त्रालयले यसले चालु खाता एवं शोधान्तार शन्तुलन तथा विदेशी विनिमय संचितिमा चाप पर्ने भएकोले आगाी वर्ष वाह्य क्षेत्र सन्तुलनमा थप दवाव पर्ने उल्लेख गरेको छ ।
यसवर्षको फागुन मसान्तसम्म करीव दुई लाख नेपाली मात्र बैदेशिक रोजगारीमा गएका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्त सम्म १ लाख ९० हजार ३ सय ८८ जना नेपाली श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका छन् ।
त्यसमा कतारमा २ हजार ३ सय ८३ महिला सहित २९ हजार ८ सय ३५ जना रोजगारीका लागि गएका छन् । मलेसियामा ४ सय महिला सहित ३९ हजार १ सय ७६ जना ,यूएईमा ७ हजार ३ सय ५५ महिला सहित ५२ हजार ४६ जना ,२ सय २४ महिला सहित साउदी अरबमा ३९ हजार २ सय ७९ जना, १ हजार २ सय ७ महिला सहित कुवेतमा ८ हजार ९ सय ७३ जना गएका छन् ।
त्यसैगरी ४ सय १२ महिला सहित बहराईनमा ३ हजार ३ सय ५ जना, २ सय ९१ महिला सहित ओमनमा १ हजार ९ सय ९५ जना,४७ जना दक्षिण कोरीयामा ५ जना लेवनानमा, १४ जना ईजलायलमा, ९ सय १९ जना अफगानिस्तानमा, जापानमा ९ सय ३३ जना र अन्य विभिन्न देशमा गरी १३ हजार ८ सय ७० जना गएका छन् । यसमा ईपिएस मार्फज दक्षिण कोरीया गएका कामदारहरुको संख्या जोडिएको छैन ।
मन्त्रालयले बैदेशिक रोजगारीमा गएका कामदारको यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनमा ०.०३ प्रतिशत कम रहेको उल्लेख गर्दै मन्त्रालयले स्वदेशमा रोजगारीको क्षेत्र बढेको कारण उक्त कमी आएको दावी गरेको छ ।
आर्थिक वर्ष ०७६/०७७ को फागुनसम्म रोजगारीका लागि श्रम स्वीकति लिने नेपालीको संख्या ५० लाख ४१ हजार रहेको छ भने ४७ लाख ९२ हजार वैदेशिक रोजगारीमा गएको बताएको छ । त्यस मध्ये ४५ लाख ५५ हजार पुरुष र २ लाख ३७ हजार महिला रहेको भन्दै मन्त्रालयले १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष रहेको बताएको छ ।
प्रमुख गन्तव्यको हिसावले कतार, मलेसिया, साउदी अरेविया,संयूक्त अरब ईमिरेट्स र कुवेत रहेका छन् । पछिल्ला वर्षहरुमा साईप्रस,रोमानिया, माल्दिप्स, माल्टा, जोर्डन र टर्कीजस्तादेशहरुलाई नेपाली युवाहरुले रोजगार गन्तव्य बनाएको उल्लेख छ ।
मन्त्रालयले फागुनसम्म ५ सय ९७ जना नेपालीको बैदेशिक रोजगारीका क्रममा मृत्यु भएको र त्यसमा पुरुषको संख्या ५ सय ८१ र महिलाको संख्या १६ रहेको जनाएको छ । गतवर्ष ७ सय ५४ नेपाली को वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । वैदेशिक रोजगार बोर्डले ३७ करोड ३८ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies