२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न स्वीकृति

hardik ivf
मध्यान्ह
२०८१ माघ ८ गते २०:३८
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न स्वीकृति

काठमाडौं : कामना सेवा विकास बैंकले अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ । बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्राप्त गरेको हो । बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभावाट अग्राधिकार शेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सवलिकरण गर्नको लागि हकप्रद शेयरको विकल्पको रूपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जाने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरूलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयर लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise