२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

shivam cement
२०८१ माघ ९ गते १६:४६
Shares
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौंः चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना भएको आन्याङ प्रहरीले जनाएको छ, जसमा १२ वटा सवारीसाधन फरकफरक रुपमा क्षतिग्रस्त भएका छन् ।

मृतक पाँचमध्ये चार जनाको घटनास्थलमै र एक जनाको आकस्मिक उद्धारको प्रयास गर्दा मृत्यु भएको हो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर