२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

अध्यादेशका विषयमा एमाले सांसदहरूलाई प्रशिक्षण

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते १८:५९
अध्यादेशका विषयमा एमाले सांसदहरूलाई प्रशिक्षण

काठमाडौं : एमालेले सरकारले ल्याएको अध्यादेशहरूका विषयमा सांसदहरूलाई प्रशिक्षण दिएको छ । बुधबार एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारले ल्याएको अध्यादेशका विषयमा जानकारी गराउन संसदीय दल र मन्त्रीहरूबीच छलफल राखिएको हो । २६ पुसमा सरकारले ५ वटा अध्यादेश ल्याएको छ ।

सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो । त्यस अगाडि सहकारी सम्बन्धि अध्यादेश पनि ल्याएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १८ माघदेखि संसद अधिवेशन आह्वान गरेका छन् । अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise