२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौं : रावल

Nada
२०८१ माघ १० गते १६:३४
Shares
जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौं : रावल

दैलेख : नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन् ।

ncell

अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, ‘हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ ।’  उनले मातृभूमि जागरण अभियान एउटा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताउँदै यनले अहिले यसले पार्टीको स्वरूप धारण गरि नसकेको बताए ।

‘तर, यो पछि दह्रो विकल्प बनेर आउँछ । जहाँ तपाईंहरू पनि सम्बद्ध हुनुहुनेछ,’ उनले बताए । रावलले जनताले चुनावमा विकल्प नै नपाउने अवस्था रहेको बताए । त्यसका कारण उनीहरू पुरानै दलहरूलाई मत दिन बाध्य भइरहेको उल्लेख गर्दै उनले भने, ‘हामी जनतालाई सु–स्पष्ट विकल्प दिन चाहन्छौँ । जहाँबाट जनताले त्यहीँ समाहित भएर अगाडि बढ्ने आँट गरून् ।’

उनले विद्यमान दलहरूलाई कोदो, मकै, भटमास, धान, मासलगायत सबै एकै ठाउँ भएको ‘दाल’को संज्ञा दिए । ‘त्यो दाल भनिदिन्छन् । अनि त्यो कसरी दाल भयो ?,’ रावलले सोधे, ‘उनीहरूले अहिले जनतालाई ढाँट्ने र छल्ने काम गरिरहेका छन् ।’


 

ताजा खबर

सम्बन्धित खबर