२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

विद्युतीय व्यापारसम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : मन्त्री भण्डारी

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १४:४८
विद्युतीय व्यापारसम्बन्धी विधेयक चाँडो टुंगोमा पुग्छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।  

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहिँ समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्‍याउनुपर्नेछ ।’

साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए । उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरि प्रहार हुनसक्ने भन्दै ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise