२०८१ माघ १५ गते मङ्गलवार / Jan 28 , 2025 , Tuesday
२०८१ माघ १५ गते मङ्गलवार
Ads

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले हकप्रद शेयर निष्कासन गर्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते २१:४०
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण शेयर साविक शेयरधनीहरूमा निष्कासन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको हो ।

आइतबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित १ः१ अनुपातको हकप्रद निष्कासनको ब्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise