पोखरा : टायल उत्पादक कम्पनी कजारियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेको छ । धौलाश्री सप्लायर्सले आइतबार उक्त शोरुमको उद्घाटन गरेको थियो । उद्घाटन समारोहमा स्थानीय, व्यवसायीहरूलगायतको उपस्थिति थियो । सो अवसरमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्कीले पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पु¥याउने नयाँ उद्यमको महत्वलाई उजागर गरे ।
कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजारिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ, पोखराका जनताले कजारियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं ।’
कजारियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीले जनाएको छ । प्रिमियम टायल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताइएको छ ।