२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

Nada
२०८१ माघ १४ गते २२:०६
Shares
‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

काठमाडौं : नेपाल एसबिआई बैंकले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीद्वारा सम्पत्ति शुद्धीकरण जस्ता क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सिएफटी प्रावधान पालना गर्न प्रतिज्ञा गरेका छन् ।

ncell

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रूपमा मनाउन घोषणा गरेअनुरुप बैंकले दिवस मनाएको हो । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालयमा सम्पूर्ण कर्मचारीलाई प्रतिज्ञा गराएका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमूख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीको उपस्थिति थियो । यस अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीले समेत आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर