काठमाडौं : नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनको भरतपुरमा हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग पु¥याउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान गर्ने र नया प्रविधि र नवप्रवद्र्धन र बजार विस्तार र ब्राण्ड प्रवद्र्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सघका अध्यक्ष किशोर बगालले बताए । एक्सपोले डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीका नविनतम प्रविधि तथा अभ्यासहरु लाई प्रोत्साहित गर्ने उनले बताए ।
किसान उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यवसायीक सञ्जालको अवसर सिर्जना गर्नु उपभोक्तालाई डेरी उत्पादनको महत्व फाइदा तथा गुणस्तरसम्बन्धी जानकारी प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको उनले बताए ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले नेपालको डेरी उद्योगलाई अन्तराष्ट्रिय बजारीकरण गर्नुका साथै नवप्रविधिबारे जानकारी दिन पहिलो पटक राष्ट्रिय डेरी एक्स्पोको आयोजना गरिएको बताए ।
प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सहआयोजनामा हुन लागेको हो । २५ माघदेखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल र भारतका करीब ५० वटा डेरीका परिकारदेखि नयाँ प्रविधि र उद्योगका स्टलहरू रहने छन् ।
एक्स्पो करीब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दूध उत्पादन हुँदै आएको छ ।