वीरगञ्ज : सीजी मोटर्सले वीरगञ्जमा आफ्नो ब्रान्ड विस्तार गरेको छ । सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगञ्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको हो ।
कम्पनीले सो क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ । उद्घाटन कार्यक्रम वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
सो पहलले वीरगञ्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन बाई र रिडारा ल्याएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्ने जनाइएको छ ।