२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

९० मेगावाटको मर्स्याङ्दी जलविद्युतमा लगानी जुट्यो

Nada
२०८१ माघ १८ गते २१:५५
Shares
९० मेगावाटको मर्स्याङ्दी जलविद्युतमा लगानी जुट्यो

काठमाडौं : ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजनामा ४ वटा बैंकले लगानी गर्ने भएका छन् । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने म¥स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका हुन् ।

ncell

एमए पावर प्रालिले निर्माण गर्ने उक्त आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी, प्रभु, सिद्धार्थ, कृषि विकास बैंक लिमिटेड लगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुनेगरी ऋण सम्झौता सम्पन्न भएको हो ।

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्वआवश्यक डीउ डेलिजेन्स स्टडी अगाडी बढाएको कम्पनीका अध्यक्षले बताए ।

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । आयोजनाले २०८६ साल वैशाख २२ गतेभित्र व्यावसायिक उत्पादन थाल्ने जनाइएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर