२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

केपीएल प्रिमियर कपको उपाधि मोतिनगरलाई

hardik ivf
शहबाज खान
२०८१ माघ २८ गते २१:५७
केपीएल प्रिमियर कपको उपाधि मोतिनगरलाई

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा आयोजित केपीएल प्रिमियर कप २०८१ क्रिकेट प्रतियोगिताको उपाधि शिवराज नगरपालिकाको मोतिनगरले जितेको छ ।

फाइनल खेलमा कृष्णनगर नगरपालिकाको बहादुरगंजलाई पराजित गर्दै मोतिनगरले उपाधि जितेको हो । मोतिनगरले १ सय ३१ रनको लक्ष्य दिएको थियो, तर बहादुरगंज ५६ रनमै समेटिएपछि मोतिनगर उपाधि जित्न सफल भयो । विजेता मोतिनगरले रु १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बहादुरगंजले रु ५१ हजार हात पार्‍यो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश प्रहरीका खेलाडी युवराज सेन ‘म्यान अफ द सिरिज’ घोषित भए ।

युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरिटेबल फाउन्डेसन र नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी क्रिकेट टिमले सहभागिता जनाएका थिए ।

समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले प्रदेश सरकारले खेलकुदका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । खेल मैदान निर्माण र खेलाडीहरूको प्रोत्साहनका लागि विशेष बजेट छुट्याइने उनले बताए ।

त्यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल वृद्धि गर्न सक्दो सहयोग गर्ने बताए । पूर्वमन्त्री ईश्वर दयाल मिश्रले पछाडि परेको क्षेत्रमा यस्ता खेलकुद कार्यक्रम हुँदा समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रमका आयोजक मिर्जा राशिद बेग, अकरम पठान, रहिश शाहलगायतले प्रतियोगिता आयोजनामा महत्वपूर्ण भूमिका निभाएका थिए । गत माघ १२ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise