२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली सरकारका प्रवक्ता र मन्त्रालयका प्रवक्ताहरुबीच छलफल

ADV
कुलेन्द्र शाही
२०८१ असार १४ गते १७:०८
कर्णाली सरकारका प्रवक्ता र मन्त्रालयका प्रवक्ताहरुबीच छलफल

सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग छलफल गरेका छन् । कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन् ।

मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिविधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्यलगायतका विषयमा छलफल भएको छ । यस्तै, उक्त बैठकमा मन्त्री शाहले मन्त्रिपरिषद् बाहेक प्रत्येक मन्त्रालयमा भएका मुख्यमुख्य निर्णयहरु प्रवक्ताहरुले आफूलाई जानकारी गराउनुपर्ने बताए ।

साथै कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मासिकरुपमा प्रकाशन गर्ने प्रवक्ताहरुबीचको बैठकले निर्णय गरेको छ । प्रवक्ताहरुको बैठमा मन्त्री शाहले संघीयता व्यवस्थापछि जसरी प्रदेश सरकारले आफ्नो क्षेत्रमा विकास गर्नुपर्ने त्यो तरिकाले कामहरु नभएको बताए ।

उनले भने, ‘संघीय व्यवस्था अनुसार प्रदेश सरकारको विकासले तीव्रता लिन नसके पनि सरकारले राम्रा कामहरु पनि गरेको छ । तर ती कामहरुको प्रचारप्रसार नहुँदा जनताहरु सुसूचीत हुनबाट वञ्चित भएका छन् । त्यसैले सरकारले गरेका कामहरु बाहिर ल्याउनमा सरकार तथा मन्त्रालयका प्रवक्ताहरुको भूमिका महत्वपूर्ण हुन जान्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise