२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

ADV
मध्यान्ह
२०८१ असार १५ गते १२:३२
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ : गए राति भीषण वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।  मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् । 

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठे खोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडी खोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ ।  बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise