२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एकजना मात्रै उत्तीर्ण 

ADV
मध्यान्ह
२०८१ असार १५ गते १३:१२
दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एकजना मात्रै उत्तीर्ण 

दाङ : दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ  माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । 

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उहाँले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।  

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शंकर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ,  बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।   

माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंकर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताइन् । “हामीले शिक्षामा धेरै लगानी गर्यौं”, उनले भनिन्  “तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।” आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बंगलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।  

ADVADV

सम्बन्धित खबर

Advertise