२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पहिरोपीडितलाई आर्थिक सहयोग

ADV
मध्यान्ह
२०८१ असार १५ गते १३:२७
पहिरोपीडितलाई आर्थिक सहयोग

स्यांजा : पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

गएराति फेदीखोला गाउँपालिका–५ बांगेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगरे रु १५ प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई संघीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे । 

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै  आमाछोरीको शव परीक्षणपछि उनीहरुका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिए । पहिरोले ढुंगा माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो । पहिरामा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise