२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

फतुवा विजयपुरमा चर्मरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

ADV
कृष्ण तिवारी
२०८१ असार १५ गते २०:२९
फतुवा विजयपुरमा चर्मरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकामा शनिबारदेखि चर्मरोग सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

फतुवा विजयपुर नगरपालिकाको आयोजनामा चर्मरोगका वरिष्ठ डाक्टरहरुको टोलिद्वारा फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासस्थित स्वास्थ्य केन्द्रमा उक्त शिविर सञ्चालन भएको हो । शिविर आइतबार बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ  ।

पालिकाभित्र रहेका कुष्ठरोगी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको फतुवा विजपुर नगरपालिकाकि कार्यवाहाक मेयर अम्ब्या खातुनले बताएकी छन् ।

कुष्ठरोग प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्नेगरी निःशुल्क चर्मरोग शिविर आयोजना गरिएको मेयर खातुनले बताइन् ।

शिविरमा चर्मरोगको निःशुल्क उपचार गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरिरहेको उनले बताइन् ।

समयमै उपचार गरे कुष्ठरोग निको हुने भएकाले यो शिविरमा सहभागी भइ निःशुल्क रूपमा उपचार गराएर कुष्ठ रोगबाट मुक्त हुन उनले सबैलाई आग्रह गरिन् ।

छाला सम्बन्धी जुनसुकै समस्या भएकाले पनि शिविरबाट लाभ लिन सक्ने बताउँदै मेयर खातुनले शनिबार छुटेकाहरूलाई आइतबार शिविरमा आउन अनुरोध गरेकी छन् । 

कुष्ठ रोग नदुख्ने, नचिलाउने भएकाले धेरैलाई आफू कुष्ठरोग प्रभावित भएको थाहा नहुने भएकोले र पहिचानका लागि सबै प्रकारका छाला रोगीका लागि लक्षित गरी शिविर आयोजना गरिएको आयोजक फतुवा विजयपुर नगरपालिकाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise