२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

उडान कटौती भएपछि भारतीय विमानस्थल प्रयोग

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते २२:२२
उडान कटौती भएपछि भारतीय विमानस्थल प्रयोग

काठमाडौं : नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको ठूलो हिस्साले भारतीय विमानस्थल प्रयोग गर्नुपरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार सुरुवात भएको गत कात्तिकदेखि नेपाल आउने उडान कटौती भएपछि नेपालीहरू भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्यमा पुग्न सुरु गरेका हुन् ।

नेपालबाट गन्तव्य मुलुक जाने सिधा टिकट नपाइने र पाइए पनि कामदारको क्षमताभन्दा धेरै महँगो हुने भएपछि नेपाली कामदार भारत हुँदै खाडी मुलुक जान थालेका हुन् ।  नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स अर्थात् नाट्टाका अध्यक्ष कुमारमणि थपलिया ५५ हजारभन्दा बढी नेपाली कामदार भारतीय विमानस्थलबाट उडेको अनुमान लगाउँछन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सट्टामा पोखरा विमानस्थलबाट उडान भर्ने बताए पनि ती विमानस्थल वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि प्रभावकारी नहुँदा बढी मात्रामा भारतीय विमानस्थल प्रयोग भएका हुन् । नेपाली कामदार भारतबाट उड्दा नेपाली ट्राभल्सहरूको आम्दानीमा पनि गिरावट आएको बताइएको छ । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल नेपाल वायुसेवा निगम, फ्लाई दुबई, जजिरा र थाइल्यान्डको थाई एयर एसियाले उडान भरेका छन् । नेपाल वायुसेवा निगमका धेरै  विमान ग्राउन्डेड भएका कारणले उडान नभरेपछि नेपाली कामदार विदेशी ध्वजाबाहक जहाजमा निर्भर हुनुपरेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा ४ लाख ६५ हजार ५०८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । प्रतिमहिना ७२ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।

मुलुक अर्थतन्त्रमा उनीहरूले पठाउने  रेमिट्यान्समार्फत ठूलो योगदान छ । वैदेशिक रोजगारीमा जाने उनीहरूले भारतीय विमानस्थल पुग्न सीमावर्ती क्षेत्रमा अनेक समस्या झेल्नुपरेको बताउँछन् । 
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय श्रम गन्तव्यको हवाई भाडा दरमा न्यूनतम २ हजार ५०० देखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइएको बताएको छ । तर, जहाज नै ग्राउन्डेड पनि वैदेशिक रोजगारीमा जाने कामदारका लागि उक्त छुट अर्थहीन बनेको बताइएको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise