२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

शून्य लागतमा कामदारसँग उठाएको रकम रोजगारदाता कम्पनीबाट फिर्ता

Nada
२०८३ कार्तिक २२ गते ०६:२०
Shares
शून्य लागतमा कामदारसँग उठाएको रकम रोजगारदाता कम्पनीबाट फिर्ता

काठमाडौं : फ्रि भिसा, फ्रि टिकटमा मलेसिया गएका नेपाली श्रमिकलाई ठगीमा परेको रकम रोजगारदाता कम्पनीले फिर्ता गरेको छ । मलेसियाको टियोङ टाट प्रिन्टिङ इन्डस्ट्रिज एसडिएन बिएचडीले श्रमिकलाई करिब ३३ लाख रुपैयाँ फिर्ता गरेको हो । टियोङ टाट प्रिन्टिङ इन्डस्ट्रिज ग्लोभ्स प्याकेजिङ गर्ने कम्पनी हो ।

मलेसिया जानुअघि नेपालमा बिचौलियालाई रकम बुझाएको आन्तरिक अनुसन्धानबाट थाहा पाएपछि कम्पनीले उक्त रकम फिर्ता गरेको जनाएको छ । रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबिए)को शुल्क पहिचान विधिअनुसार गरिएको अनुसन्धानमार्फत नेपालमा अनुचित आर्थिक लेनदेन भएको पहिचान गरिएको बताइएको छ ।

नेपालबाट श्रमिक पठाउने म्यानपावर कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन ।

टियोङ टाट प्रिन्टिङ इन्डस्ट्रिज एसडिएन बिएचडीले जिम्मेवार भर्ती अभ्यासप्रति कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । कामदारहरूले आफ्नो भर्ती वा रोजगारीसँग सम्बन्धित कुनै पनि भर्ती शुल्क वा लागत व्यहोर्नुनपर्ने सिद्धान्तप्रति कम्पनी प्रतिबद्ध रहेकोमा पनि जोड दिएको छ । कम्पनीले श्रमिकहरूको खातामा रकम पठाउने जनाएको छ ।

laxmi recruitement

सम्बन्धित खबर