२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

ADV
मध्यान्ह
२०८१ असार १६ गते १६:५०
गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भइ गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग रु सात हजार घूससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise