२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

छानविन समितिले माग्यो समस्याग्रस्त २० सहकारीको कागजात 

ADV
मध्यान्ह
२०८१ असार १६ गते १७:०६
छानविन समितिले माग्यो समस्याग्रस्त २० सहकारीको कागजात 

काठमाडौँ : सहकारीबारे छानविन गर्न बनेको संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । ‘सहकारी संस्था बचत रकम संसदीय छानविन विशेष समिति’ को आइतबार बसेको बैठकले २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू माग गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise