२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

द मदर्स फाउण्डेशन नेपालले काठमाडौंमा बृहत् सम्मेलन गर्दै

ADV
मध्यान्ह
२०८१ असार १६ गते २०:५७
द मदर्स फाउण्डेशन नेपालले काठमाडौंमा बृहत् सम्मेलन गर्दै

नेपालगञ्ज : द मदर्स फाउन्डेशन नेपालको आयोजनामा विश्व इस्लामी संस्कृति–कलाहरुको अन्तर्राष्ट्रिय दिवस १८ नोभेम्बरको अवसरमा काठमाडौंमा बृहत् सम्मेलन गर्ने भएको छ । यसमा नेपालभरि छरिएर रहेका इस्लामी संस्कृतिका धरोहरहरुको भौतिक तथा विद्युतीय माध्यमहरुबाट प्रस्तुतीकरण हुने भएको छ ।

सम्मेलनमा सहभागिताको लागि द मदर्स फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष पूर्व न्यायधीश डा. सलाहुद्दीन अख्तरले नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त बिष्टसँग भेटवार्ता गरेका थिए ।

उक्त विषयमा छलफल गरी सहभागिताको लागि गृहकार्य गर्न तथा प्रस्तुतीकरण तयार गर्न मेयर प्रशान्त बिष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको जानकारी दिए । 

उक्त समितिमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त उर्दू गजलकार सर्वर नेपाली तथा इलेक्ट्रानिक इन्जिनियर बाबुको समेत सहभागिता रहने जानकारी गराएका थिए ।

मेयर प्रशान्त विष्टले भने, ‘यो निक्कै महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हो । बाँके जिल्लाले यसमा देशकै गौरव बन्ने स्वर्ण अवसर पाउने भएकोले यसमा गम्भीर भइ कार्य गर्नुपर्ने देखिन्छ ।’

द मदर्स फाउण्डेशनले नेपालको अन्य देशहरुसँग सांस्कृतिक आदान प्रदानको माध्यमबाट कूटनीतिक सम्बन्धहरुलाई सुदृढिकरण गर्ने काम गर्दै आएको छ । काठमाडौंमा सन् २०१८ मा पनि संयुक्त रुपमा उपराष्ट्रपतिको अध्यक्षतामा यस्तै प्रकारको बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो । यसमा विभिन्न विदेशी कूटनीतिज्ञहरुको समेत सहभागिता रहेको थियो । सन् २०१७ मा वास्तुकला तथा ललित कला तथा इस्लामी हस्तलेखन एवम् परम्परागत गुलिया परिकारमा आधारित कार्यक्रम पनि आयोजना गरेको थियो ।

आगामी कार्यक्रम आउँदो २०२४ नोभेम्बर १५ देखि १८ सम्म तीन दिनको लागि काठमाडौंमा नै हुने भएको छ । बाँके जिल्लामा इस्लामी सांस्कृतिक सम्पदाको प्रचुरता रहेकोले मेयर प्रशान्त बिष्टको समितिले यसमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा राखिएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise