२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

एमाले अर्घाखाँचीको अधिवेशनको तयारी तीव्र

draupadi film
सरु भुसाल
२०८१ जेठ २१ गते २०:४६
एमाले अर्घाखाँचीको अधिवेशनको तयारी तीव्र

अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वकाका लागि बहालवाला अध्यक्ष र पूर्व प्रदेश सदस्यबीच प्रतिस्पर्धी हुने देखिएको छ ।

जेठ २६ र २७ गते सन्धिखर्कमा हुने अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्ने पार्टी नेताहरुले तयारी गरेपनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा त्यो सम्भावना कम देखिएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष पिताम्वर भुसाल  पुनः एक कार्यकाल आफैँले नेतृत्व लिने तयारीका साथ लागेका छन् । उनले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेका कारण पनि एकपटक नेतृत्वको अवसर आफूले पाउनुपर्ने तर्क प्रतिनिधिका बीचमा र  नेताहरुसँग राखिरहेका छन् । 

भुसाल एमाले अर्घाखाँचीको २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । उनको यो कार्यकालमा स्थानीय तथा संघ र प्रदेशको चुनावमा पार्टीले यस अघिभन्दा राम्रो स्थान ल्याएको भन्दै केही नेताहरुले प्रशंसा गरेका छन् ।

यसैगरी आगामी नेतृत्वका लागि यसअघि प्रदेश सदस्य बनेका प्रतिस्पर्धी प्रेमनारायण गैरे पनि बलियो दावेदारका रुपमा अगाडि सरेका छन् । 

एमाले अर्घाखाँचीमा विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेका गैरे अनेरास्ववियुको जिल्ला अध्यक्ष पाणिनी क्याम्पस स्ववियु सभापति अनेरास्ववियुको केन्द्रीय सदस्य पार्टी जिल्ला सदस्य, उपसचिव हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी युवाहरुले रुचाएका नेताको रुपमा परिचित छन् । गत अधिवेशनमा समेत अध्यक्षका लागि उम्मेदवार बन्ने चर्चामा रहेका गैरे वर्तमान अध्यक्ष भुसाल पार्टी जिल्ला सचिव पराजित हुँदा उनकै गुटबाट उपसचिवमा धेरै मत लिएर निर्वाचित हुने नेता हुन् ।

यसपटक आफूले जिल्लाको नेतृत्व पाउनुपर्ने गैरेको दावी रहेको छ । अर्घाखाँची जिल्लामा  पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भूमिका राख्न दख्खल रहेका गैरे यसपटक जिल्लाको नेतृत्व आफूले पाउनेमा आशावादी छन् ।

यस्तै एमाले अर्घाखाँचीका उपाध्यक्ष रहेका ईश्वरा पोख्रेलले भने, ‘कुन पदमा लड्ने भन्ने अझैँ बाहिर चर्चामा आएको छैन ।’ एमालेमा  अर्घाखाँचीको नेतृत्व आफूले पाउनुपर्ने र त्यो अवसर प्रदान गर्न पार्टीभित्र माहोल बनाउन लागिरहेको नेता भुसाल र गैरे दुवैले दावी गर्छन् । भुसालले विभिन्न समयमा भएका संसदीय निर्वाचन स्थानीय निर्वाचनमा एमालेतर्फबाट नेतृत्वदायी भूमिका खेलको कारण अर्घाखाँचीमा सफलता पाएकाले पनि एकपटक भुसाललाई दोहोर्‍याउनुपर्ने भुसाल निकटका नेताहरुले बताए ।

पार्टीको सेल कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी उपसचिव हुँदै हालसम्म विभिन्न समयमा योगदान गरेकाले अहिलेको नेतृत्व आफूले पाउनुपर्ने नेता प्रेम गैरेले बताए । अधिवेशनबाट अन्य पदका आकांक्षीहरु पनि उस्तै बढी भएकाले सर्वसम्मत बनाउन चुनौति थपिएको नेताहरुले बताएका छन् । 

उपाध्यक्षमा खास गरी वर्तमान उपसचिव शम्भु पोख्रेलको चर्चा छ । सचिव, उपसचिव, जिल्ला कमिटी  सदस्यका लागि पनि धेरैले तयारी गरेका छन् । 

मुख्यगरी सचिव पदमा पनि चुनाव भएमा प्रतिस्पर्धा पेचिलो हुने देखिएको छ । सचिव पदमा समेत नेताहरु खुलेरै प्रचार–प्रसारमा जुटेका छन् । नेकपा एमाले सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल र वर्तमान सचिव तोज बहादुर रायमाझी आकांक्षी छन् । 

उनीहरुबीचमा चुनाव भएमा निकै प्रतिस्पर्धा हुने कार्यकर्ता बीचमा चर्चा छ ।  चुनाव हुने सम्भावना नभएको केही नेताहरु बताउँछन् ।

अधिवेशन मितिसम्म यो संख्या पनि बढ्ने नेताहरुको आँकलन छ । जिल्लाको दक्षिणी क्षेत्रबाट नेताहरुले खासै दावी गरेका छैनन् । दावी कम छ । जसका कारण पनि शितगंगा नगरपालिका क्षेत्रबाटै पदाधिकारीमा आकांक्षी कम देखिएका छन् । उपसचिवका आकांक्षीहरु एक दर्जनभन्दा बढी छन् । उनीहरु व्यक्तिगत ढंगले प्रचार–प्रसारलाई जोड दिएका भएपनि खुलेर प्रचार गरेका छैनन् ।

अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलेलाई निमन्त्रणा गरिए पनि ओली आउने सम्भावना कम छ । ओली नआए उपाध्यक्ष बिष्णु पौडेल वा महासचिव शंकर पोख्रेल तथा पार्टीले खटाएको प्रतिनिधि नेतामध्ये एक जना नेताले उद्घाटन गर्ने गरी तयारी तीव्र पारिएको एमाले अर्घाखाँचीले जनाएको छ ।

अधिवेशनका लागि जिल्लाका ६१ वडा र २३ वटा जनवर्गीय संगठन तथा आयोजक कमिटी गरी सात सय बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । अधिवेशन सन्धिखर्कमा आयोजना गरिँदैछ ।

लुम्बिनी प्रदेशमा यसअघि रोल्पा, रुकुमपूर्व, बर्दिया, नवलपरासी पश्चिममा रुपन्देही पाल्पा एमालेले जिल्ला अधिवेशन सकाएको छ । रोल्पा र बर्दिया कपिलवस्तु  निर्वाचन भएको थियो भने रुकुमपूर्व र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व छानिएको हो । 

केन्द्रीय निर्देशनअनुसार लुम्बिनीमा जेठ महिनाभित्रै सबै जिल्लाको अधिवेशन सकिनेगरी तयारी भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए । कंडेलले भने, ‘सकेसम्म सर्वसम्मत बनाउनका लागि पहल हुने छ ।’ नेकपा एमालेले अधिवेशन को लोगो सार्वजनिक गरेको छ । नेकपा एमालेका नेताहरु नरेन्द्र कुमार क्षेत्री, लक्ष्मण रायमाझी जनार्दन खनाल, उपाध्यक्ष ईश्वरा पोख्रेल सचिव तोज बहादुर रायमाझी, उपसचिव शम्भु पोख्रेल केवी भुसाल, कृष्णप्रसाद श्रेष्ठ, प्रेम नारायण गैरे, कुटमदिन अलि, रामचन्द्र पोख्रेल लगायतका नेताहरुको उपस्थितिमा  अध्यक्ष पिताम्वर भुसालले लोगो सार्वजनिक गरेका नेता लिल बहादुर वि.कले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise