२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

‘पूर्वप्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन’

ADV
मध्यान्ह
२०८१ असार १६ गते २२:००
‘पूर्वप्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन’

काठमाडौं : एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अ.पे.न.)महानगरले पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तनको विषयमा प्यानल छलफल सम्पन्न गरेको छ ।

छलफल इ.सी.डी. एक्सपट डा.मीनाक्षी दाहाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहसचिव शालिकराम भुसाल प्यानल सदस्यका साथमा भिभा व्याङ्कवेट, टेकुमा कार्यक्रम आयोजना गरी सम्पन्न भएको हो । किताब हुँदा के–के फाइदा हुन्छ ?, र नहुँदा के–के फाइदा हुन्छ ?, किताबरहित अन्य के–के उपाय अपनाउन सकिन्छ, अभिभावकलाई कसरी सम्झाउने र शिक्षकलाई कसरी प्रशिक्षण गर्ने र कसरी दक्ष बनाउने उद्देश्यको साथ कार्यक्रम गरिएको हो । प्यानलमा सरकारले पूर्व प्राथमिक शिक्षामा किताब आवश्यक हुँदैन भनेर किताब बन्द भयो, तर त्यसको विकल्पमा के हुन्छ ?, शिक्षकलाई ट्रेन गर्ने के कस्ता कार्यक्रमहरु ल्याएको छ र नीति नियम कस्ता हुन्छन् ? जस्ता प्रश्न प्यानल सदस्यहरुलाई गरिएको थियो ।

जसमा प्यानल सदस्यहरुले चौतर्फी विकासको सिकाइ कसरी हुन्छ ?, भन्ने कुरा बुझ्नु महत्वपूर्ण रहेको बताए । त्यस्तै, आफ्नो भाषामा आफूलाई सहज हुने गरी व्यक्त गर्ने पाउनुका साथै उद्देश्यसहितको सामग्री हुनुपर्ने कुराको अवगत समेत गराएका थिए । 

जसमा शिक्षा क्षेत्रमा तनाव भन्दा पनि आधारभूत सीप, पढ्ने लेख्ने क्षमता, अवलोकन क्षमता, विशिष्ट क्षमता, भावनात्मक शिक्षा जान्न सामाजिक भावनात्मक क्षमताहरुको आवश्यक रहेको समेत बताए । आफू अरु भन्दा कमजोर छु भन्ने महशुस गर्ने वातावरणको विकास गराउन नहुने बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise