२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपथ्यमा साहित्य

hardik ivf
मध्यान्ह
२०८१ फागुन २४ गते १७:०९
नेपथ्यमा साहित्य

दोहा : नेपाली दूतावास कतारका प्रथम सचिव कवि कृशु क्षेत्रीद्वारा लिखित कविता संग्रह 'पसिनाको क्यानभास' पुस्तकमाथि महफिलमा कविता क्यानभासको पलेटी बसाइ डेजर्ट रोज हलमा सम्पन्न भएको छ ।

मुस्लिमहरूको पवित्र महिना रमजानको अवसर पारेर नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास, नवोदितलगायत विभिन्न साहित्यिक संस्थामा आबद्ध रहेका लेखक, बुद्धिजिबी तथा मुर्धन्य साहित्यकारहरूको संयुक्त बसाइमा कविता साँझ 'क्यानभासमा कविता' सम्पन्न भएको हो ।

खासगरी अरब र पाकिस्तानमा प्रयोग हुने महफिल शब्द अरबी शब्द 'महफल' (مَجْلِس) बाट आएको हो, जसको अर्थ 'बैठक' भन्ने शब्द फारसी र उर्दूको माध्यमबाट भारतीय उपमहाद्वीपमा आएको र त्यहाँबाट नेपाली भाषा, साहित्य र संस्कृतिमा आयातित शब्दको रूपमा प्रयोग भयो, तर समय बित्दै जाँदा यो कला, संगीत, संगीतसँग जोडिएको छ । आजकल यसलाई धार्मिक, शैक्षिक, सामाजिक र साहित्य जमघटका लागि प्रयोग गरिने सजिलो शब्द बनेको छ ।

नेपाली विद्वान ,कवि, लेखक  र सुफी संतहरू प्रायः महफिल सभाहरूमा भेला हुन्छन् र आफ्ना रचना अथवा ब्यानरमा उल्लेखित साहित्यिक विधामा कलात्मक रुपले रचना वाचन गर्दै उपस्थित सबैलाई श्रव्यदृश्य मर्मत संज्ञानहीन तुल्याउँछन् । धार्मिक र सुफी परम्परामा, मेहफिल संगीत र नृत्यको जमघटबाट कब्बालीमार्फत इश्वरलाई जोड्ने प्रयास गरिन्छ ।

महेफिल 'क्यानभासमा कविता' सिर्जना बहस र वाचन गर्ने चर्चित साहित्यकारहरू प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी, मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ र यादव रेग्मीलगायत सबैमा लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise