२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल

ADV
मध्यान्ह
२०८१ असार १७ गते १२:३८
उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

मन्त्रालयमा आज मन्त्री भण्डारीले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र नेकपा माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गरेका हुन् । सो क्रममा उनले लगानी सहजीकरणसम्बन्धी कानून लचकताका साथ संसदबाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गरे । लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनीहरुलाई आग्रह गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए ।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए । केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।  

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औंल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise