२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ असार १७ गते १४:०४
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद दामोदर पौडेल बैरागीले वर्षायाम शुरु भएसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढिरहेकाले त्यसको न्यूनीकरणका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । प्राकृतिक विपद्का समस्याबाट पीडित नागरिकलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनसमेत उनले माग गरे । 

सांसद दीपकबहादुर सिंहले बाढीपहिरो र डुबानले देशभर समस्या देखिएको उल्लेख गर्दै दैवी प्रकोप उद्धार र विपद् व्यवस्थापनसम्बन्धी निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताए । देशभर वर्षायाममा हुने विपद्जन्य घटनाबाट चार लाख १२ हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएकाले त्यसको व्यवस्थापन गर्न उनले सरकारसँग माग गरे । 

सांसद विमला सुवेदीले विपद्‍मा परेकाहरुको राहत, उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रभु हजराले न्यून आर्थिक अवस्था भएको दलित समुदाय डुबान, बाढीपहिरोबाट बढी जोखिममा रहेको बताए । 

सांसद नागिना यादवले सिरहा र सर्लाली जिल्ला डुबानको उच्च जोखिममा रहेकाले ती जिल्लामा विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद विन्दवासिनी कंसाकारले वर्षायाममा विषालु च्याउ खाएर धेरै व्यक्ति बिरामी हुने गरेको र अकालमा ज्यानसमेत गुमाउनु परेको विगतको अवस्था दोहोरिन नदिन विषालु च्याउ पहिचानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने बताइन् । यस वर्षमात्र विषालु च्याउ खाएर मकवानपुर जिल्लामा एक जनाको मृत्यु भएको र देशभर १६ जनाभन्दा बढी बिरामी भएको उनले जानकारी दिइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise