२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु

Nada
२०८१ फागुन २७ गते १४:३३
Shares
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ : मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइरालाले जानकारी दिए।

एसएसपी कोइरालाका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो । थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले जानकारी दिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर