२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

एसियन कप फुटबल २०२७ को मिति सर्‍यो, अब डिसेम्बरदेखि जनवरीसम्म हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १७ गते १४:३६
Shares
एसियन कप फुटबल २०२७ को मिति सर्‍यो, अब डिसेम्बरदेखि जनवरीसम्म हुने

दोहा, कतार : एसियन फुटबल महासंघ (एएफसी)ले साउदी अरबमा आयोजना हुने एसियन कप फुटबल २०२७ को मिति परिवर्तन गरेको छ । आगामी वर्ष जनवरी ७ देखि फेब्रुअरी ५ सम्म सञ्चालन हुने तय भएको प्रतियोगिता अब सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म आयोजना हुने भएको छ ।

क्षेत्रीय परिस्थितिमा आएको असहजता, सुरक्षा चुनौती तथा यातायात र यात्रा व्यवस्थापनमा देखिन सक्ने जटिलतालाई ध्यानमा राख्दै प्रतियोगिताको मिति परिवर्तन गरिएको एएफसीले जनाएको छ । एएफसीले मंगलबार साउदी अरबको आयोजक समिति र साउदी फुटबल महासंघसँग विस्तृत छलफल तथा परामर्श गरेपछि प्रतियोगिताको नयाँ तालिका तय गरेको हो । नयाँ मिति अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को स्वीकृतिका लागि पेस गरिने पनि एएफसीले स्पष्ट पारेको छ ।

प्रतियोगितामा एसियाका २४ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् । साउदी अरबले पहिलो पटक आयोजना गर्न लागेको एसियन कपको १९औं संस्करण रियाद, जेद्दा र अलखोबरका आठ रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको छ । एएफसीका अनुसार प्रतियोगिताको मिति परिवर्तन गर्नुको मुख्य उद्देश्य सहभागी टोली, खेलाडी, पदाधिकारी, समर्थक तथा अन्य सरोकारवालाको सुरक्षा र सहज सहभागिता सुनिश्चित गर्नु रहेको जनाएको छ । प्रतियोगिताको तयारीलाई निरन्तरता दिँदै स्थानीय आयोजकसँग समन्वय र सहकार्य गरिने महासंघले स्पष्ट पारेको छ ।

सन् २०२७ को जनवरीमा हुने तय भएको प्रतियोगिता अब करिब ११ महिनापछि सरेको छ। नयाँ तालिकाअनुसार प्रतियोगिता सन् २०२७ को अन्तिम साता सुरु भई सन् २०२८ को जनवरीमा सम्पन्न हुनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर