२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा

Nada
२०८१ फागुन २७ गते १४:४६
Shares
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा

सुदूरपश्चिम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी संगठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् ।

ncell

नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै संगठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, “चुनाव आउन धेरै समय बाँकी रहेपनि आपसी मतभेद एवं असमझदारी हटाएर पार्टीलाई एकजुट बनाउन सकेमा जितको लहर आउनेछ ।”

पार्टीका उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षक प्रशिक्षणपछि पार्टीको नीति, सिद्धान्तका साथै संघीयता र विकासलगायतका विषयलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

उनले हालसम्म पार्टीले चार प्रदेशमा प्रशिक्षण सम्पन्न गरिसकेको जानकारी दिए । प्रशिक्षण दुई दिनसम्म चल्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर