२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सर्लाहीबाट यस वर्षको एसईई परीक्षामा १० हजार २७५ विद्यार्थी सहभागी हुँदै

hardik ivf
लक्ष्मण यादव
२०८१ फागुन २७ गते १४:५९
सर्लाहीबाट यस वर्षको एसईई परीक्षामा १० हजार २७५ विद्यार्थी सहभागी हुँदै

सर्लाही : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सर्लाही जिल्लाबाट १० हजार २७५ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईई परीक्षा आगामी चैत ७ गतेबाट सुरु हुँदै छ ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार यस वर्ष जिल्लामा एसईई परीक्षा सञ्चालनका लागि ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा १ सय ५३ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख तारापती खरेलका अनुसार यस वर्ष जिल्लाबाट ८ हजार ९ सय १९ जना नियमित र १ हजार ३५६ जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुँदै छन् ।

ADV

सम्बन्धित खबर

Advertise