२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

मापदण्डविपरीतका क्रसर बन्द गर्न माग

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १५:३४
मापदण्डविपरीतका क्रसर बन्द गर्न माग

सल्यान : मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न स्थानीय, बजार व्यवस्थापन समिति र राजनीतिक दलहरूले संयुक्त रूपमा माग गरेका छन् ।

क्रसरले ध्वनि, वायु प्रदूषण फैलाउनुका साथै स्थानीयको स्वास्थ्यमा असर पार्न थालेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, गाउँपालिका र वडा नं ३ को वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी प्रमुख केशरकुमार न्यौपानेले क्रसर उद्योगविरुद्धको उजुरी गृह मन्त्रालयसम्म पुगेको तर कुनै निर्देशन नआएको बताए । जथाभावी नदी दोहन नियन्त्रणको काम प्रहरीको भएकाले सोही अनुसार स्थानीय प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिका–३ ढुंगीबजार नजिकै बालुवा वासिङ कम्पनीको नाममा दर्ता गरेर बगेश्वरी एग्रो प्रालिले राजनीतिक संरक्षणमा नजिकै क्रसर उद्योग सञ्चालन गरेको र मापदण्डविपरीत डोजर प्रयोग गरेर शारदा नदी दोहन गरेको स्थानीयले बताएका छन् ।

क्रसर उद्योग बस्तीदेखि ५ सय मिटर टाढा हुनुपर्नेमा करिब १ सय ५० मिटरको दुरीमा मात्र रहेकाले नजिकैका २ विद्यालय, प्रसूति गृह र २ सामुदायिक वनमा प्रत्यक्ष असर पुगेको उनीहरूको भनाइ छ ।

झन्डै ६ वर्षअघि बालुवा वासिङ उद्योगका नाममा दर्ता गरे पनि अहिले क्रसरकै रूपमा सञ्चालनमा आएको बजार व्यवस्थापन समितिका अध्यक्ष रनवीर ओलीले बताए । पटकपटक बन्द गर्न माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । 

‘दुई वर्षअघि गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएपछि केही महिना बन्द भएको थियो । अहिले पुनः सञ्चालनमा आएको छ,’ उनले भने ।

खोला तथा नदीबाट बालुवा, गिटी उत्खननको जिम्मा पालिकाले पाएको र अनुगमनको जिम्मा समन्वय समितिलाई भएकाले उनीहरूसँग समन्वय गरेर अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । मापदण्डविपरीत भएको पाइएमा बन्द गरिने उनको भनाइ छ ।
 

ADV

सम्बन्धित खबर

Advertise