२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

देवाही गोनाहीमा कार्यालय प्रमुख दासले सम्हाले जिम्मेवारी

कृष्ण तिवारी
२०८१ फागुन २७ गते २०:४७
देवाही गोनाहीमा कार्यालय प्रमुख दासले सम्हाले जिम्मेवारी

रौतहट : रौतहट देवाही गोनाही नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी धनन्जय दासले सम्हालेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा दासले मंगलबार नगरपालिकामा हाजिर भइ कार्यभार सम्हालेका हुन् । दासलाई देवाही गोनाही नगरपालिका जनप्रतिनिधिहरुले भव्य स्वागत गरेका थिए ।

नगरपालिका कार्यालयको सभाहलमा आयोजित स्वागत कार्यक्रममा नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी पाएका दासलाई नगर प्रमुख प्रेमलाल साह, नगरउपप्रमुख प्रनिया देवी पटेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधि र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए । कार्यक्रममा नगरप्रमुख साहले निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसअघि देवाहिगोनाहीको कार्यालय प्रमुख रहेका शाखा अधिकृत सन्देश यादवको अन्यत्र सरुवा भएपछि उनको ठाउँमा कार्यालय प्रमुखको जिम्मेवारी दासले पाएका हुन् ।  कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत दासले आफू सबै जनप्रतिनिधि,कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी नगरको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

ADV

ताजा खबर

सम्बन्धित खबर