२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

ईशनाथ नगरपालिकामा सडक ढलान गरिँदै

hardik ivf
इसत्याक अहमद
२०८१ फागुन २७ गते २१:१६
ईशनाथ नगरपालिकामा सडक ढलान गरिँदै

रौतहट : रौतहट ईशनाथ नगरपालिका–३ औरैयाको सडक ढलान गरिने भएको छ । उक्त सडकको मंगलबार एक समारोहकाबीच शिलान्यास गरिएको छ ।  प्रदेशस्तरीय २५ लाख रुपैयाँको बजेटमा आरसीसीसहित सडक ढलान गर्न लागिएको हो । 

कार्यक्रममा प्रदेश सांसद मोहम्मद जैद आलम, पूर्वमेयर सन्तोष मेहता, पूर्ववडाध्यक्ष राम कैलाश राउत लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

यसैबीच रौतहट राजपुर नगरपालिका–३ अन्तर्गत मद्रसा इम्दादुल उलुम नजिकै रहेको बलुवा टोलमा अधुरो कब्रस्तानको बावन्डरी शिलान्यास गरिएको छ । 
यो परियोजना प्रदेशस्तरीय बजेटबाट ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिने जनाइएको छ । 

शिलान्यास कार्यक्रममा राजपुर नगरपालिका ३ का वडाध्यक्ष शेख हसिन अख्तर, नेकपा एमालेका युवा नेता शेख हाबिल, नेकपा नगर इन्चार्ज मोहम्मद फोजैल, युवा जमिलखतर शेख, मोहम्मद मिन्नतुल्लाह लगायतको उपस्थिति रहेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise