२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तनहुँको बिपी वाटिकामा कभर्डहल निर्माण

Nada
२०८१ फागुन २८ गते १२:३०
Shares
तनहुँको बिपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ : व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा  रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो । 

ncell

कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।  

क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए। 

ताजा खबर

सम्बन्धित खबर