२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न

Nada
२०८१ फागुन २८ गते १६:५३
Shares
कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न

दुर्गा निधि कौडल/मध्यान्ह

ncell

काठमाडौं : कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न भएको छ । बुधबार काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको हो । यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ ।

कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय बोर्डिङ हाई स्कुल, रिलायन्स पब्लिक स्कुल, बृहस्पति विद्यासदन स्कुल, केन्द्रीय विद्यालय काठमाडौं, युलेन्स स्कुललगायत विभिन्न स्कुलहरूका प्रतिनिधित्व गर्ने २०० भन्दा बढी विद्यार्थीहरूले ५० भन्दा बढी परियोजनासहित सहभागिता जनाएका थिए । 

अन्तर्राष्ट्रिय कोडेभर ६.० एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिताको अंशको रूपमा आयोजना गरिएको यस कार्यक्रममा विद्यालय स्तरका कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस प्रतियोगिताले सहभागीहरूलाई प्रविधिमार्फत वास्तविक विश्व चुनौतीहरूलाई सम्बोधन गर्ने अग्रगामी विचारहरू प्रस्तुत गर्न प्लेटफर्म प्रदान गरेको छ । यो प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग मिल्दाजुल्दा नवीन समाधानहरू पहिचान गर्न कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोग गर्न प्रेरित गर्नु पनि रहेको आयोजकले जनाएको छ । 

कार्यक्रममा विद्यार्थीहरूले एआई–सञ्चालित स्मार्ट कृषि, वातावरण संरक्षण, शिक्षा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूसँग सम्बन्धित आफना सिर्जनाहरू प्रस्तुत 
गरे । यस्तै प्राविधिक उद्यमी, शिक्षक र एआई विज्ञहरूसहितको प्रतिष्ठित निर्णायक मण्डलले नवप्रवर्तन, प्रभाव, सम्भाव्यता र प्राविधिक कार्यान्वयनको आधारमा परियोजनाहरूको मूल्यांकन गरेको थियो ।

राष्ट्रियस्तरका शीर्ष २० अन्तिम प्रतिस्पर्धीहरूको नाम चाँडै घोषणा गरिने र उनीहरूले मे ३० र ३१, २०२५ मा कतारमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । यस कार्यक्रममा ३० भन्दा बढी देशका युवा नवप्रवर्तकहरूसँग अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने छन् । विश्वव्यापी 
रूपमा सञ्चालित यस कार्यक्रमले नेपालका प्रतिस्पर्धी विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा परिचित हुने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ । 

नेपालमा कोडेभर ६.० निमा एकेडेमीले स्किल्सअप ग्लोबलसँगको सहकार्यमा आयोजना गरेको हो । निमा एकेडेमीले कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबै सहभागी, शिक्षक तथा सल्लाहकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै, एकेडेमीले प्राविधिक प्रतिभालाई प्रोत्साहन गर्न र विद्यार्थीहरूलाई एक्सेल शिक्षा, एआई र रोबोटिक्समा उत्कृष्टता हासिल गर्न विभिन्न अवसरहरू प्रदान गन प्रतिबद्धता जनाएको छ ।  

कोडेभर एक विश्वव्यापी एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता हो जुन विद्यार्थीहरूमा रचनात्मकता र समस्या समाधानका लागि डिजाइन गरिएको हो । वार्षिक रूपमा आयोजना गरिने यस प्रतियोगिताले युवाहरूलाई २१ औँ शताब्दीका लागि आवश्यक सीपहरू विकास गर्दै सामाजिक हितको लागि प्रविधिको  प्रयोग गर्न प्रोत्साहित गर्दछ ।

ताजा खबर

सम्बन्धित खबर