शुभ नारायण कामती / मध्यान्ह
सिरहा : सम्झौता अनुसार समयमा काम सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय लहानले ८ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । १२ वटा निर्माण कार्यको ठेक्का लिएका ८ वटा निर्माण कम्पनीलाई कार्यालयले ७ दिने स्पष्टीकरण सोधेको हो ।
सम्झौता अनुसार सिरहा र सप्तरीको योजनाहरुको म्याद समाप्तभएर पटक–पटक म्यादथप गरे पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाडौं, बज्रगुरु विकास जे.भी. लहान, स्काई लाईन कन्स्ट्रक्सन जनकपुर, निलगिरी निर्माण सेवा काठमाडौं, याकधुम्ह्याङ्ग÷वि.पि. कन्स्ट्रक्सन जे.भी. लहान, प्रकाश / आश्रय जे.भी. काठमाडौं, रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर र जोशी कन्स्ट्क्सन काठमाडौंलाई ७ दिने स्पष्टीकरण सोधिएको सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख रविन्द्र लाल दासले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।
प्रमुख दासका अनुसार स्काईलाईन कन्स्ट्रक्सन जनकपुरले बन्दीपुर स्कुलदेखि उरायनीसम्मको सडक र लोकमार्ग कसहादेखि मुक्सारसम्मको सडकको २०७५ चैत २९ मा सम्झौता गरी २०७६ असार १५ मा सम्पन्न गर्ने सम्झौता गरेकोमा एक पटक म्यादथप गरी २०७७ असार १५ मा कार्य सम्पन्न गर्ने रहेकोमा हालसम्म भौतिक र वित्तीय प्रगति शुन्य रहेकोले ७ दिने स्पष्टीकरण सोधिएको छ ।
त्यस्तै निलगिरी निर्माण सेवा काठमाडौंले सुमरी खोलापुल, बडहरा मैनाकडेरी बरमझिया सडकको २०७१ असार ३१ मा सम्झौता गरी २०७३ असार १५ मा सम्पन्न गर्ने सम्झौता गरेकोमा एक पटक म्याद थप गरी २०७७ पुस १३ मा कार्य सम्पन्न गर्ने रहेको तर हालसम्म भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत मात्र रहेको, त्यस्तै मुतनी खोला पुल, राजविराज सखडा बनिनियाँ सडकको २०७१ असार ३१ मा सम्झौता गरी २०७३ असार ३० मा सम्पन्न गर्ने सम्झौता गरेकोमा एक पटक म्याद थप गरी २०७७ पुष १३ सम्म कार्य सम्पन्न गर्नु पर्ने भएपनि हालसम्म भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत मात्र रहेकोले स्पटीकरण सोधिएको प्रमुख दासले बताए ।
यस्तै याकधुम्ह्याङ्ग / वि.पि. कन्स्ट्रक्सन जे.भी. लहानले भलुवाही खोला पुल, लालपट्टी १ बुटन पोखरी सप्तरीको २०७३ असार ३१ मा सम्झौता गरी २०७४ फागुन ३० मा सम्पन्न गर्नु पर्नेमा पटक पटक म्याद थप गरी हालसम्म भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति ३१ प्रतिशत मात्र रहेको प्रमुख दासले बताए । भलुवाही खोला पुल, बिपहरिया १ सप्तरीको २०७३ असार ३१ मा सम्झौता गरी २०७४ फागुन ३० मा सम्पन्न गर्ने गरी कार्य सम्पन्न गर्नु पर्नेमा पटक पटक म्याद थप गरी २०७७ माघ २० सम्म कार्य सम्पन्न गर्ने रहेको तर हालसम्म भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगति १३ मात्र रहेको उनले बताए ।
प्रकाश / आश्रय जे.भी. काठमाडौंले घोडदह नदी पुल, सखडा फकिरा सडकको २०६६ साउन ६ मा सम्झौता गरी २०६८ साउन ५ मा सम्पन्न गर्ने तोकिएकोमा पटक पटक म्याद थप गरी मिति २०७७ मंसिर ३० सम्म कार्य सम्पन्न गर्ने रहेको तर हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ४९ प्रतिशत मात्र रहेको, रोशन कन्स्ट्रक्सन प्रा.लि.,जनकपुरले घोडदह खोलापुल, राजविराज छिन्नमस्ता सडकको २०७४ पुस १४ मा सम्झौता गरी २०७५ चैत १४ मा सम्पन्न गर्ने रहेकोमा पटक पटक म्याद थप गरी २०७७ पुस १९ सम्म कार्य सम्पन्नगर्ने तोकिएको हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५५ प्रतिशत मात्र रहेको कार्यालय प्रमुख दासले बताए ।
यस्तै जोशी कन्स्ट्रक्सन काठमाडौंले शिवालय टोल हुदै हाडखोला जाने सडक, उदयपुरको २०७५ चैत २९ मा सम्झौता गरी २०७६ असार १५ मा सम्पन्न गर्ने रहेकोमा एक पटक म्यादथप गरी २०७६ चैत २८ सम्म कार्य सम्पन्न गर्ने रहेको तर हालसम्म भौतिक प्रगति ४२ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत मात्र रहेको उनले बताए ।
त्यस्तै बज्रगुरु कन्स्ट्रक्सन कम्पनीप्रा.लि. काठमाडौंले बरियारपट्टी विद्यानगर धनगढी सडकको लागि २०७५ जेठ १७ सम्झौता गरी २०७६ वैशाख ३० मा सम्पन्न गर्ने गरी सम्झौता गरेकोमा एक पटक म्यादथप गरी २०७७ वैशाख ३० सम्म कार्य सम्पन्न गर्ने रहेको तर हालसम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७८ प्रतिशत मात्र हुन सकेको कार्यालय प्रमुख दासले बताए ।
यस्तै अयोध्यानगर दहिपौडी दरिया नेपाल भारत सीमा सडकको लागि २०७५ जेठ १७ मा सम्झौता गरी २०७६ कार्तिक ३० मा सम्पन्न गर्ने गरी तोकिएको , एक पटक म्यादथप गरी २०७७ असार ३१ सम्मकार्य सम्पन्न गर्ने रहेको मा हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्र भएकोले स्पष्टीकरण सोधिएको कार्यालय प्रमुख दासले बताए ।
त्यस्तै बज्रगुरु विकास जे.भी. लहानले बनिनियाँमहुकी ट्राफिक चौक सडकको २०७४ असोज २४ मा सम्झौता गरी २०७६ चैत २४ मा सम्पन्न गर्ने जिम्मा लिएपनि हालसम्म भौतिक प्रगति ६५ र वित्तीय प्रगति ५५ प्रतिशत रहेकोले स्पष्टीकरण पेश गर्न सूचना जारी गरिएको प्रमुख दासले बताए ।
सडक डिभिजन कार्यालय लहान सिरहाका सूचना अधिकारी शैलेन्द्र कुमार चौधरीले ७ भित्र पनि स्पष्टीकरण पेस नगरेमा सम्बन्धित निर्माण व्यवसायीको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडी बढ्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies